७० कटेका २० उम्मेदवार चुनावी मैदानमा

काठमाडाैं | मंसिर ४, २०७९

७० कटेका २० उम्मेदवार चुनावी मैदानमा

काठमाडौं:  अहिले भइरहेको चुनावमा प्रतिनिधि सभातर्फ १६५ सिटका लागि २ हजार ४१२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । जसमा १५४५ दलका र ८६७ स्वतन्त्र उम्मेदवार रहेका छन् ।


चुनावी प्रतिस्पर्धामा उत्रनेमा अधिकांश ४० देखि ६० वर्ष उमेर समूहका नेता छन् । साना र स्वतन्त्र उम्मेदवारी दिनेहरु धेरै युवा छन् । तर पुराना र प्रमुख दलबाट भने ४० वर्ष कटेका उम्मेदवारको संख्या ठूलो छ ।


त्यसमध्ये पार्टी प्रमुख र शीर्ष नेताहरु भने ७० वर्ष कटेर पनि चुनावी मैदानमा छन् ।


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर ७० वर्ष कटेका उम्मेदवारमा पर्छन् ।


मुख्य दलमा ७० वर्ष कटेको धेरै उम्मेदवार कांग्रेसका छन् । रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, डा।शेखर कोइराला, डा।नारायण खड्का, अर्जुननरसिंह केसी लगाायत सात जना उम्मेदवार ७० वर्ष कटेका छन् ।


एमालेमा ओलीसहित तीन जना उम्मेदवार ७० वर्ष कटेका छन् । पार्टी प्रवेश गराएर उम्मेदवार बनाइएका जालिम मिया र मंगलप्रसाद गुप्ता ७० भन्दा माथिका नेता हुन् । अरु एमाले उम्मेदवार ७० वर्ष मुनिका छन् ।


माओवादी केन्द्रबाट भने कोही पनि उम्मेदवार ७० वर्ष कटेका छैनन् । तर माओवादी केन्द्रको चुनाव चिन्हबाट भाग लिएका महिन्द्रराय यादव ८५ वर्ष पुगेका छन् । जसपाका तीन र लोसपाका चार उम्मेदवार ७० वर्ष माथिका छन् ।


राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी ८० वर्ष पुगेका छन् । यो चुनावमा सवैभन्दा जेष्ठ उम्मेदवार भने नेपाली कांग्रेस (वीपी) ले उठाएको छ । गोरखा–२ बाट उम्मेदवार बनेका टीकादत्त पोखरेल ९९ वर्ष कटेका छन् ।


नेपाली कांग्रेस

कृष्णप्रसाद सिटौला (७२) झापा–३
डा।शेखर कोइराला (७२) मोरङ–६
डा।नारायण खड्का (७३) उदयपुर–१
पद्यनारायण चौधरी (७४) सिरहा–१
अर्जुननरसिंह केसी (७५) नुवाकोट–२
रामचन्द्र पौडेल (७८) तनहुँ–१
शेरबहादुर देउवा (७८)डडेलधुरा


एमाले

केपी शर्मा ओली (७०) झापा–५
जालिम मिया (७५) पर्सा–४
मंगलप्रसाद गुप्ता (७७) कपिलवस्तु–३


माओवादी केन्द्र

महिन्द्रराय यादव (८५) सर्लाही–२


नेकपा एकीकृत समाजवादी

झलनाथ खनाल (७२) इलाम–१


जसपा

राधा थापा (७०) झापा–१
बीरबहादुर राई (७०) झापा–३
नबलकिशोर साह (७३) सप्तरी–१
आनन्द यादव (७३) धनुषा–२


लोसपा

महन्थ ठाकुर (८०) महोत्तरी–३
लक्ष्मणलाल कर्ण (७५) पर्सा–१
सर्वेन्द्रनाथ शुक्ल (७२) रुपन्देही–४


जनमोर्चा

चित्रबहादुर केसी (८०) बाग्लुङ–१

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधिसभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री कार्कीले इलाम क्षेत्र नं २ का निवर्तमान सांसद सुहाङ न...

थप पढ्नुहोस्

पोखरा:  जनप्रिय बहुमुखी क्याम्पसका नवनिर्वाचित अध्यक्ष राजेन्द्र पहारीले क्याम्पसको ऐतिहासिक गरिमालाई कायम राख्दै शैक्षिक गुणस्तरमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  आइतबार क्याम्पस परिस...

थप पढ्नुहोस्

पोखरा:   एकाइसौँ संस्करणको लेखनाथ महोत्सव सफलतापूर्वक अघि बढिरहेको छ । महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिन थालेको छ भने त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ । ...

थप पढ्नुहोस्